काठमाडाैं, साउन १३ः नेपालमा मंगलबार थप ३ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । पिछल्लाे २४ घण्टामा देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्।
ससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।
यस्तै मंगलबार १ सय २१ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ ।