धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 27 | 05:15 pm 2542

काठमाडौं, साउन १२ः जुम्लामा आफ्नै ८४ वर्षीय बाबु धन बहादुर शाहीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका ४ का २८ वर्षीय ऐन बहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

शाहीले घरायसी विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएका धन बहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएपछि ईलाका प्रहरी कार्यालय हाडसिजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी बाँकेमा आफ्नै ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई धारिलो हतियार बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका ६ नयाँ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मिछीयाले सामान्य विवादका क्रममा एक्कासी धारिलो हतियार बन्चरोले टाउको, खुट्टा र हातमा प्रहार गर्दा लक्षीरामको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.