रुकुम पूर्व, साउन ११ः प्रहरीले रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–१२ नयाँ बजारबाट ९ किलो १ सय ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४० वर्षीय अमरजित पुन, ३४ वर्षीया प्रतिभा पुन र ३५ वर्षीया गाइने कामी रहेका छन् ।
उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरीबाट खटिएको टोलीले साउन ९ गते पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताए ।
प्रहरीले उनीहरुको साथबाट अफिम नापतौलमा प्रयोग डिजिटल तराजु समेत बरामद गरेको बताइएको छ ।