बैंकिङ कसूर मुद्दामा फरार अभियुक्त पक्राउ

| 2020 Jul 26 | 03:31 pm 2504

काठमाडौं, साउन ११ः कृष्णभक्त महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेन्द्र कुमार महर्जन पक्राउ परेका छन् ।

बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको  २०७६ माघ२० गतेको फैसलाले कामनपा वडा नं. १४, कलंकी घर भई ललितपुर महालक्ष्मी नपा वडा ४, इमाडोल बस्ने ४७ वर्षीय राजेन्द्रलाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैंया जरिवाना हुने ठहर भएको थियो ।

उक्त सजाय वेरुजू रही फरार रहेका महर्जनलाई २०७७ साउन ११ गते कलंकीबाट लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको सिआइबीले जानकारी दिएको छ ।

उक्त फैसला कार्यान्वयनको लागि आजै सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ।

अभियुक्तले आफ्नो नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नंबर ०५२०५०५००६३९३० को खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी मिति २०७५ भदौ ५ गते बैंक चेक काटी दिएका थिए ।

उनलाई बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट अभियुक्तको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम फैसला भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.