एपीएफ टोलीद्वारा चौपाया बरामद

रिपोर्ट नेपाल | 2020 Jul 25 | 08:42 pm 5584

पश्चिम नवलपरासी, साउन १०ः जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित रतनगंजबाट शुक्रबार राति एपीएफ टोलीले करीब १७ लाख रुपैयाँ बराबरको अवैध चौपाया बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थमा उल्लेखित मूल्य बराबरको ८५ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र अस्थायी सुरक्षा बेस कालिनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद चौपाया स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.