नेपालमा थप १ सय ९ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 25 | 04:45 pm 1622

काठमाडौं, साउन १०ः शनिबार नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त विवरण अनुसारका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

योसंगै नेपालमा संक्रमित हुनेको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.