चितवन, साउन ९ः नारायणगढ–मुग्लिङ सडकखण्डको चारकिलोमा ठूलो पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने चारकिलोमा झरेको ठूलो पहिरोले सडक आवागमनमा समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राति पनि निरन्तर वर्षा भएपछि पहिरो पन्छ्याउने कार्य सम्भव नभएपछि धेरै सवारीका साधनहरु बीचबोमै रोकिएका छन् ।
अहिले बिहानबाट बाटो खुलाउने काम जारी रहेकाले केही समय लाग्ने चितवन प्रहरीले जनाएको छ । केही समयअघि पनि सोही स्थानमा पहिरो झरेपछि सडक झनै अबरुद्ध भएको छ ।