पहिरोले खानेपानी पाइप बगाएपछि कुवा धाउन बाध्य

| 2020 Jul 24 | 10:41 am 3021

  • कौरव खत्री

गुल्मी, साउन ९ः जिल्लाको मुसिकोट नगरपालिकामा खानेपानीका पाइप पहिरोले बगाएपछि खानेपानी अभाव भएको छ ।

मुसिकोट नगरपालिका वडा नंं. १ स्थित छोरधारा लिफ्ट खानेपानी तथा सरसफाई परियोजनाको करिव एक सय मिटर चट्टानसँगै आएको ठूलो पहिरोले खानेपानीका पाइपहरु बगाएपछि खानेपानी अवरुद्ध बनेको हो ।

No description available.

गत साउन ६ र ७ गते अविरल बर्षासँगै खानेपानीको मुहानमाथिबाट आएको पहिरोले करिव डेढ सय मिटर खानेपानीका जिआई पाइप बगाएको र मुहानमा रहेको ४० घनमिटरको आरसीसी टंकी र पम्प अप्रेटर रुम र २५ किलोवाटका दुई ओटा पम्पमाथिबाट आएको पहिरोका कारणले पूर्ण जोखिम रहेको छोरधारा लिफ्ट खानेपानी तथा सरसफाई परियोजना मुसिकोट नगरपालिका १ का अध्यक्ष मिन बहादुर पुनले जानकारी दिए ।

त्यस्तै खानेपानी अवरुद्ध हुँदा मुसिकोट नगरपालिका १ का बाङ्गे, शिवालय, पौदीअमराई केन्द्र टोललगायतका १ सय, ६९ घरधुरीका स्थानीयबासीहरुलाई टाढा पुगेर पिउनेपानी ल्याउनुपर्र्नेे बाध्यता रहेको छ ।

खानेपानी अवरुद्ध भएपछि बर्षादको समयमा स्थानीय उपभोक्क्ताहरु टाढा–टाढा रहेका कुवा कुलेसा र पधेँराहरुमा खानेपानी लिन घन्टौ समय लगाएर खानेपानी लिन जानुपर्ने बाध्यता रहेको आयोजनाका अध्यक्ष पुनले बताए ।

No description available.

अध्यक्ष पुनले भने, अवरुद्ध खानेपानीको मर्मत सम्भारमा सानो रकमले नहुने हुँदा परियोजनाको आर्थिक कोष नभएकोले परियोजनाको मर्मत सम्भार गरी सूचारु गर्नका लागि सम्वन्धित निकायले तत्काल पहल र सहयोग गरिदिन अध्यक्ष पुनले आग्रह गरे ।

पहिरोले लिफ्ट खानेपानीसम्म जडान गरिएको विद्युतका पोल समेत बगाएपछि लिफ्ट खानेपानीमा थप समस्या भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.