काठमाडौं, साउन ८ः बिहीबार नेपालमा थप १ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या २ हजार ४१ पुगेको छ ।
हाल देशभर संक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ५८ रहेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए।
देशभर बिहिबार मात्र १ सय ५६ जना डिस्चार्ज भएका छन्। यो सगैँ कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ।