लागूऔषध मुद्दामा फरार रहेका दुई अभियुक्तलाई २० र ६ वर्षपछी पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 21 | 09:18 pm 2291

तनहुँ, साउनः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा अवैध लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ साबिक दुलेगौडा ७ कायम शुक्लागण्डकी नगरपालिका वडा नं ४ का कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।

उनलाई रुपन्देही जिल्ला अदालतबाट २०५७ माघ ८ गतेको फैसला भएकोमा तोकिएको जरिवाना ९५ हजार ९ सय तिर्न बाँकी रही फरार रहेका श्रेष्ठको खोजतलास गर्ने क्रममा
आज मंगलबार ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्रा गरेका श्रेष्ठलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएको बताइएको छ ।

त्यसैगरी लागूऔषध मुद्दामा फरार रहेका अर्का अभियुक्तलाई ६ वर्षपछी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ साबिक काहुँशिवपुर १ हाल ऋषिङ गाउँपालिका वडा नं १ झापुटारका ३३ वर्षीय सन्तमान गर्जा मगर रहेका छन् ।

उनलाई तनहुँ जिल्ला अदालतबाट २०७१ चैत २५ गतेको फैसलाले २ महिना कैद सजाय हुने गरी फैसला भएकोमा तोकिएको कैद मध्ये १ महिना १५ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।

मगरको खोजतलास गर्ने क्रममा आज मंगलबार दिउँसो तनहुँ रिसिङ गाउँपालिका वडा नं १ झापुटार स्थितमा लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरेको छ

पक्राउ गरी उनलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.