नेपालमा थप १ सय ५० जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 21 | 05:43 pm 2012

काठमाडौं, साउन ६ः मंगलबार नेपालमामा थप १ सय ५० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ सय ५० संक्रमित थपिएका हुन । थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

त्यस्तै मंगलबार ६ सय ९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४ सय ७७ जना रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.