कञ्चनपुर, साउन ६ः जंगली बँदेलले आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिका १ चम्फापुरमा तीन जना घाइते भएका छन्।
घाइते हुनेमा रामचन्द्र रेग्मी, शारदा जोशी र दिपक सिंह रहेका छन्। उहीहरु तीनै जनाको महाकाली अस्पताल भीमदत्तनगरमा उपचार भैरहेको छ।
घरको आँगनमा बसिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली बँदेलले एक्कासी आक्रमण गरी घाइते बनाएको उपचाररत रेग्मीले बताए।
आक्रमण गर्ने आएका बँदेललाई स्थानीय बासिन्दाले हो हल्ला गरी निकुञ्ज तर्फ भगाएका छन्। अहिले घाइते तीनै जनाको अबस्था खतरामुक्त रहेको बताइएको छ।