बुटवल, साउन ६ः हिजोदेखि लगातार परेको पानीको कारण पृथ्वी राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्दबाबा क्षेत्रमा ठूलो पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिका ३ मा पर्ने सिद्दबाबा मन्दिनजिककौ खोल्सामा ठूला ढुङ्गासहित झरेको पहिरोले बाटो अवरुद्ध हुनको साथै मन्दिरमा सामान्य क्षति पुगेको मन्दिरका पुजारीले जानकारी दिए । त्यहाँका व्यवसायिक सटरहरुमा हिलो पसेर क्षति समेत पुर्याएको बताइएको छ ।
पुजारीका अनुसार यो २०३८ साल पछिकै सबैभन्दा ठूलो पहिरो भएको बताए । सिद्दबाबा क्षेत्रमा साना ठूला गरेर १० ठाउँभन्दा धेरै पहिरो गएका छन भने ढुङ्गा खसेर बाटो अबरुद्ध छ ।
सडक सफा गर्नको लागि स्काइभेटर लगायतका साधनहरु तयारी अवस्थामा रहेको तर पानी आइरहेको हुदा काम गराउन नसकिएको पाल्पाका प्रमुख जिल्ला अधिकारि रमेश न्यौपानेले जानकारी दिए । यता सडक डिभिजन कार्यालयले समेत तर्फबाट सफा गर्दै जाने तयारी गरेको बताएको छ ।