नेपाली कांग्रेस गुल्मीद्धारा मुसिकोटका पहिरो पिडितहरुलाई राहत सामाग्री वितरण

रिपोर्ट नेपाल | 2020 Jul 20 | 08:21 pm 2786

  • कौरव खत्री

गुल्मी, साउन ५ः नेपाली कांग्रेस गुल्मीले मुसिकोट नगरपालिका वडा नं. २ का पहिरो पिडितहरुलाई राहत सामाग्री (खाद्यान्न) वितरण गरेएको छ ।

No description available.

आइतवार मुसिकोट देउरालीमा आयोजित राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले राहत वितरणमा समान रुपले गनुपर्ने भन्दै विपतका बेलामा सबैले मिलेर सहयोग गनुपर्ने बताउदै मुसिकोटमा ठूलो क्षति पुगेकाले पिडितहरुको घाउमा केही मलमपट्टी लगाउन गुल्मी कांग्रेस आएको बताए ।

सभापति श्रेष्ठले पिडितहरुको दुःखमा दुःख विर्साउन केही राहत सामाग्री लिएर आएको पनि बताए ।

No description available.

उक्त कार्यक्रममा नेपाली नेपाली कांग्रेस मुसिकोट नगरपालिका वडा नं. २ का वडा सभापति रामचन्द्र घिमिरे, नेकपा मुसिकोट नगरपालिका वडा नं. २ का अध्यक्ष मदन घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति अन्तगर्त विपत व्यवस्थापन समिति नेपाली कांग्रेसका भातृ संस्था तथा शुभेच्छुक संस्थाहरुबाट संकलन गरिएको खाद्यान्न सामाग्री करिव एक सय, पचास जना पहिरो पीडित घरपरिवारलाई चामल, खाने तेल, नून लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

सोही अवसरमा पार्टी सचिव बिष्णुकुमारी सापकोटा, महासमिति सदस्य शालिकराम पन्थी, गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी, नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारी, महाधिवेशन प्रतिनिधि ज्ञानहरि सापकोटा र महेन्द्र भण्डारी, प्रदेश सभा क का सभापति पूर्ण केसी, प्रदेश सभा ख का सभापति रेखा कुमार जिसी, नेपाली कांग्रेस मुसिकोट नगर कार्य समिति सभापति शुर्दसन शाक्य, जिल्ला स्तर तथा स्थानीय स्तरका नेता कार्यकर्ता र भातृ संगठनका प्रमुख एव प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

No description available.

कार्यक्रम मुसिकोट नगरपालिका वडा नं.२ का वडाअध्यक्ष लक्ष्मण खत्रीको अध्यक्षता र नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा कार्यक्रमको सञ्चालन भने नेपाली नेपाली कांग्रेस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.