सोमबार नेपालमा १ सय ८६ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 20 | 04:34 pm 1907

काठमाडौं, साउन ५ः सोमबार नेपालमा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोशालामा गरिएको पिसीआर परीक्षणमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकरी दिएका हुन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

आज १ सय ७३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । भने हालसम्म नेपनलमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ११ हजार ८ सय ६८ जना पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.