डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध

रिपोर्ट नेपाल | 2020 Jul 20 | 02:33 pm 2104

तनहुँ, साउन ५ः गएरातिदेखि अबिरल रुपमा परेको पानीसँगै पहिरो खस्दा तनहुँको डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोका कारण डुम्रे–वेशीशहर सडकखण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको हो । भानु नगरपालिका–३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिराले सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

निरन्तर वर्षा भई रहेकाले पहिरो हटाउन केही समय लाग्ने जनाइएको छ ।

यस्तै तनहुँको ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ पनि अवरुद्ध भएको छ । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरो खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिए ।

साथै,ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिरोका कारण अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.