कागेश्वरी मनोहरा नगरपालिका–१ मा पहिरोले पुर्दा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jul 20 | 09:30 am 2407

काठमाडौं, साउन ५ः लगातार रुपमा परेको पानीका कारण कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोमा जाँदा पहिरोमा परी एकको मृत्यु भएको छ ।

गएराति खसेको पहिरोमा परी २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो प्रहरीले जनाएको छ । अहिले उनको शव पोष्ट म्यार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनलाई गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोले पुरेको थियो । आइतबार साँझ साथीहरुसँग खेल्न जंगल गएको बेला शैच गर्न खोला जाँदा पहिरोले उनलाई पुरेको उनकासाथीहरुले बताएका छन् । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जानएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.