सुवर्ण ज्वारचनले लिइन् सांसदको सपथ

रिपोर्ट नेपाल | 2020 Jul 19 | 04:22 pm 2741

काठमाडौं, साउन ४ः संविधान सभाका सभाषद् तथा नेपाली कांग्रेसकी नेतृ सुवर्ण ज्वारचनले सांसद पदको गोपनियताको शपथ लिएकी छन् । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाकी ज्वारचनलाई आज आइतबार सभामुख अग्नि सापकोटाले शपथ ग्रहण गराएका हुन् ।

बाग्लुङकी कांग्रेसकी त्यागी नेतृ ज्ञानकुमारी छन्त्यालको दुःखद् निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको थियो । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते काठमाडौंको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा निधन भएको थियो ।

सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा छन्त्यालपछि ज्वारचनको नाम रहेको थियो।

गुल्मीबाट कांग्रेसले एउटा पनि सिट नपाएकोमा कार्यकर्ताले चित्त दुखाइरहेका बेला ज्वारचन सांसद बनेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.