ट्याक्टर दुर्घटना हुँदा प्युठानमा ७ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jul 19 | 08:04 am 1630

प्युठान, साउन ४ः गएराति ट्याक्टर दुर्घटना हुँदा भिगृ–स्वर्गद्वारी मोटरवाटो स्तरउन्नति गर्ने रोल्पा रुन्टिगढिका ७ जना कामदारको मृत्यु भएको छ।

ओसिस कन्टक्सन मार्फत बाटोमा कामगर्ने रोल्पा रुन्टिगढिका ७ जना ज्यामिको ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।

स्वर्गद्वारी धरमपानि नजिक भएको ट्याक्टर दुर्घटनामा परी ७ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जनाको जीवितै उद्वार गरिएको प्रहरीले जनाएको छ ।

रातभर बर्षाका कारण उद्दार गर्न नसकिएकोमा अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले घटनास्थलबाट शव जम्मा गर्ने कार्य गर्दै गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.