वरिष्ठ नेता पौडेलद्वारा पहिरोमा परी घाइते भएकाहरुलाई अस्पताल पुगेर भेट

| 2020 Jul 17 | 04:03 pm 1962

तनहुँ, साउन २ः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिन अघि तनहुँमा गएको बाढी पहिरोमा परी घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेटेका छन् ।

वरिष्ठ नेता पौडेलले तनहुँको व्यास नगरपालिका– ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका– ८ पल्ट्याङका दधिसरा थापाको गण्डकी मेडिकल कलेज पोखरामा पुगी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन ।

घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनका स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए । उनीहरु दुवै जनाले पहिरोमा परिवार गुमाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.