साझा बसको सेवा सञ्चालन

रिपोर्ट नेपाल | 2020 Jul 16 | 09:29 am 1684

काठमाडौं, साउन १ः उपत्यकामा आजदेखि साझा बस सञ्चालनमा आएको छ । कम्पनीका ७१ वटा बसमध्ये आज देखि २६ वटा बस विभिन्न रुटमा चलाउन थालिएको साझा यातायातका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

बसले लगनखेलदेखि नयाँ बसपार्क, लगनखेलदेखि बुढानिलकण्ठ, गोदावरी रत्नपार्क, लामाटार रत्नपार्क, लगनखेल–सातदोबाटो–कलंकी हुँदै थानकोट, लगनखेल–बानेश्वर–एयरपोर्ट–चाबहिल हुँदै नयाँ बसपार्क, रत्नपार्क–कंलकी–स्वयम्भु हुँदै बालाजु, रत्नपार्कबाट सूर्यविनायक र बुङमतीबाट बुढानिलकण्ठसम्म चल्ने अधिकृत पाण्डेले बताए ।

कोरोना सङ्क्रमणबाट बच्न यात्रु आफैंले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने साझा यातायातले जनाएको छ। सरकारले तोकेको मापदण्ड अनुसार चालक र सहचालकले मास्क र पन्जा लगाएका छन् । यात्रुलाई पनि अनिवार्य मास्क लगाउन साझा यातायातले आग्रह गरेको छ । सरकारले मास्क र पञ्जासँगै बसमा स्यानिटाइजर राख्न तथा एउटा सिटमा एक जना मात्रै यात्रु राख्न पाइने नियम बनाएको छ ।

यस अघि चल्न थालेका अरु सार्वजनिक गाडीले पनि यही नियम अपनाएका छन् । सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने नियम बनाएको छ । साझाले पनि ५० प्रतिसम्म बढी भाडा लिने भन्दै यात्रुलाई खुद्रा पैसा बोक्न अनुरोध गरेको छ । उपत्यकाका १० वटा रुटमा साझा बस चल्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.