सर्पको टोकाइबाट बैतडीमा एक किशोरीको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jul 15 | 02:10 pm 2784

बैतडी, असार ३१ः सर्पको टोकाइबाट बैतडीमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका– २ महाकालिकी १७ वर्षीया भागरथी चन्द रहेकी छन् ।

उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

मृतक किशोरी देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.