खेतमा काम गर्ने क्रममा बदेलको आक्रमणमा परी तीन जना घाइते

रिपोर्ट नेपाल | 2020 Jul 15 | 10:36 am 5816

पूर्वी नवलपरासी, असार ३१ः मंगलबार दिउँसो जिल्लाको सिख्रौली गाउँमा जंगली बँदेलले आक्रमण गर्दो तीन जना घाईते भएका छन् ।

बँदेलको आक्रमणमा परी घाइते हुनेमा स्थानीय ३७ वर्षीय राजु बस्नेत, ३० वर्षका पूर्ण बहादुर श्रेष्ठ र १९ वर्षीया सिर्जना परियार रहेका छन् ।

उनीहरुलाई गैंडाकोट नगरपालिका १२ सिख्रौलीमा खेतको पानी कटाई फाल्ने क्रममा नजिकै नारायणी नदी किनारबाट निस्केको जंगली बँदेलले एकाएक आक्रमण गरी घाइते बनाएको प्रहरीले बताएको छ ।

बदेलको आक्रमणबाट उनीहरुको हात, खुट्टा र ढाडमा चोट लागेका छन् । तीनै जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाईएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।

चितवन राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने पूर्वी नवलपरासीका सिख्रौली, पिप्रहर, कुजौली, पिठौली, अमलटारी, नन्दपुर, सेहरी, प्रसौनी, तमासपुर लगायतका क्षेत्रमा जंगली जनावरको आक्रमणमा परी वर्षेनी जनधनको क्षति हुने गरेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.