काठमाडौं, असार ३१ः सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोलिटब्यूरो सदस्य एवं मेची महाकाली ब्यूरो इञ्चार्ज ओमप्रकाश पुन रहेका छन् ।
उनलाई कैलालीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले एक जना नेता पक्राउ परेको मात्र पुष्टि गरे । अन्य विवरण भाने खुलाइएको छैन । पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने पक्षका नेता भएको बताइएको छ।