सशस्त्र प्रहरी बलका १४ नायब महानिरीक्षक तथा १७ बरिष्ठ उपरीक्षकको सरुवा (नामावलीसहित)

| 2020 Jul 14 | 05:37 pm 3702

काठमाडौं, असार ३०ः गृहमन्त्रालयले सशस्त्र प्रहरी बलको मुख्यालयको सिफारिसमा मंगलबार सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरुको सरुवा गरेको छ ।

सरुवा हुनेमा १४ डिआईजी र १७ एसएसपी छन् । एक नम्बर प्रदेशमा डिआईजी वंशिधर दाहाल, दुई नम्बरमा केपी ब्रह्मचार्य, तिन नम्बरमा मन्दिप श्रेष्ठ, चार नम्बरमा राजेन्द्र वस्नेत,उपत्यका हेर्ने बाहिनीमा प्रविण श्रेष्ठ, पांच नम्बरमा किशोर प्रधान र ६ नम्बरमा हरिशचन्द्र अधिकारी रहेका छन्।

त्यसैगरी सिमा सुरक्षा विभागमा राजु अर्याल र चन्द्रप्रकाश गौतम र मानवस्रोत तथा प्रशासन विभागमा नारायणदत्त पौडेलको सरुवा भएको छ । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

एसएपी विदुर खड्कालाई पोखरास्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालय, कुलबहादुर नेम्वाङ्गलाई ककनीस्थित युएन शान्ति तालिम शिक्षालय र इन्द्रराज कार्कीलाई नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयको प्रमुखमा सरुवा भएका छन् ।

नामावलीहरु:

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.