नेपालमा थप ८२ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Jul 12 | 04:39 pm 1611

काठमाडौं, असार २८ः आइतबार नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन्।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ८ सय १ पुगेको छ ।

आइतबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या १ सय ४७ रहेका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या आठ हजार ५ सय ८९ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.