मलेसियाबाट ३ हजार ३ सय २२ जनाको उद्धार

| 2020 Jul 12 | 02:49 pm 1636

काठमाडौं, असार २८ः विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार गर्ने क्रममा पहिलो चरणमा मलेसियाबाट ३ हजार ३ सय २२ जनाको उद्धार गरिएको छ ।

कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई घर फर्काउन सञ्चालन गरिएको पहिलो चरणका उडानमार्फत उनीहरुको उद्धार गरिएको हो ।

नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरबाट समेत गरी २१ वटा उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन् । पहिलो उडान १८ जुन २०२० मा भएको थियो ।

क्वालालम्पूरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेल डिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्कीएका हुन् । यसैगरी यी उडानहरुबाट ३९ वटा शवहरु समेत नेपाल ल्याइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.