काठमाडौं, असार २८ः शुक्रबार सरकारले पछिल्लो पटक गरेको पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ । आइतबार नेविसंघले बबरमहलस्थित नेपाल आयल निगम घेराउ गरी प्रदर्शन गरेका हुन् ।
नेविसंघले भ्रष्ट सरकार राजिनामा दे, भ्रष्ट सरकार मुर्दावाद, मुल्य वृद्धि खारेज गर, सरकारमा बसेर जनता मार्न पाइँदैन जस्ता नारा लगाएका थिए ।
आयल निगमभित्रको भ्रष्टाचार छानबिन गर्न समेत उनीहरले माग गरेका छन् ।