नेपालमा थप ७० जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 11 | 05:14 pm 2088

काठमाडौं, असार २७ः शनिबार नेपालमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्‍न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणबाट ७० जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत उक्त विवरणको जनाकारी मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएका हुन्।

शनिबार कोरोनाबाट ४ सय ३१ जना मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या आठ हजार ४ सय ४२ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.