बैंकिङ् कसूर मुद्दामा फरार दुई अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 10 | 03:41 pm 2181

काठमाडौं, असार २६ः बैकिङ कसुर मुद्दामा फरार रहेका दुई अभियुक्तलाई ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कामनपा १८ ताम्सिपाखाकी ४८ वर्षीया सुनिता चित्रकार र कामनपा १४ कलंकीका ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् ।

सम्मानित उच्च अदालत पाटनको २०७६ फागुन १८ गतेको फैसलाले प्रतिवादी सुनिता चित्रकारलाई ३ दिन कैद र ६ लाख ५० हजार जरिवाना हुने ठहर भएको थियो । उल्लेखित सजाय वेरुजु रही फरार रहेकी सुनितालाई २०७६ असार २५ गते लुकिछिपि बसीरहेको अवस्थामा स्वयम्भूबा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोही दिन सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

त्यसैगरी, सम्मानित उच्च अदालत पाटनबाट २०७६ माघ १४ मा भएको फैसलाले मनोजलाल सिंह सुवाललाई ७ दिन कैद र १० लाख रुपैंया जरिवाना हुने ठहर भएको थियो । उक्त सजाय अभियुक्त फरार हुँदा वेरुजू रहँदा अभियुक्तलाई आज २०७७ असार २६ गते लुकिछिपि बसिरहेको अवस्थामा रविभवन काठमाडौंबाट फेला पारी आजै सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जानकारी दिएको हो ।

बिकास कार्कीले दिएको जाहेरी अनुसार अभियुक्तहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्याएर बिभिन्न मितिमा बिभिन्न बैंकहरुको चेक काटी दिएकोमा उनीहरुलाई बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी मुद्दा चलाइएको हो ।

अदालत पाटनबाट निज प्रतिवादीहरुको हकमा बैकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी
फैसला भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.