बाह्रबीसे पहिरोमा परी घाइते भएकालाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याइयो

रिपोर्ट नेपाल | 2020 Jul 09 | 02:36 pm 2482

काठमाडौं, असार २५ः बिहीबार सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरोमा परी गम्भीर घाइते भएका दुईजनालाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।

उक्त बाढी पहिरोमा परी घाइते भएका अन्य चारजनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए।

बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण मृत्यु भएका एक बच्चा र एक युवकको शव फेला परेको छ । २० जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको बताइएको छ ।

बाढी तथा पहिरोका कारण ११ वटा घरमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षककाफ्लेले जानकारी दिए ।

यस्तै बाह्रबिसे–३ मा खाकदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। बाढीले भोटेकोशीको पुल पनि बगाएको जनाएको छ ।

यस्तै अरनीको राजमार्ग विभिन्न ठाउँमा बगाएको उनले बताए । केही गाडी पनि बाढीले बगाएको छ । मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.