कर्तव्य ज्यान मुद्दामा १० बर्षदेखि फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 08 | 08:56 pm 1703

तनहुँ, असार २४: कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हालको शुक्लागण्डकी नगरपालिका वडा नं ५ खैरेनीटारका ३७ वर्षीय ज्ञान बहादुर विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले विभिन्न अपराध एवम् मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको जनाएको छ ।

त्यसै क्रममा कर्तव्य ज्यान मुद्दामा फरार रहेका विक जिल्ला अदालतको मिति २०६ कात्तिक१३ गतेको फैसलाले ६ बर्ष कैद र ४५ हजार ७ सय ५० जरिवाना हुने गरी फैसला
भई फैसला पश्वात लगातार फरार रहेका थिए ।

उनको प्रहरीले खोजतालस गर्ने क्रममा २०७७ जेठ २३ गते बेलुकी तनहुँ म्याग्दे गाउँपालिका वडा नं ३ घयरे स्थितमा लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरिएको हो ।

उनलाई बाँकी रहेको ६ बर्ष कैद तथा तोकिएको जरिवाना भुक्तान गर्नको लागि कारागार कार्यालय तनहुँ पठाईएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.