धादिङ, असार २४ः बुधबार बिहान धादिङको खत्रिपौवामा टिपरको ठक्करबाट एक टिपर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं नागार्जुन नपा ३ बस्ने ३० वर्षीय महेश श्रेष्ठ रहेका छन् ।
उनको धादिङ धुनबेँसी नपा ९ खत्रिपौवामा काठमाडौँबाट नौबिसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ नम्बरको टिपरले ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो ।
ठक्कर दिने टिपर चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । खानिखोला प्रहरी र खत्रिपौवा प्रहरीबाट उनको खोजीकार्य भैरहेको छ ।
ठक्कर दिने टिपर भने प्रहरीकै नियन्त्रणमा रहेको जनाइएको छ । मृतकको लासलाई पोस्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ्ग हस्पिटल पठाइएको छ।