रातो मछिन्द्रनाथको रथारोहण रोकियो

रिपोर्ट नेपाल | 2020 Jul 08 | 08:46 am 3897

काठमाडौं, असार २४ः उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि रातो मछिन्द्रनाथको रथारोहण रोकिएको छ।

अनुमति पाएपछि मेहनतका साथ रथ निमार्ण सम्पन्न गरी बुधबार मछिन्द्रनाथको रथारोहण गर्ने तयारी हुँदै गर्दा गुठी संस्थान ललितपुरले मच्छिन्द्रनाथको रथारोहण रोक्ने निर्णय गरेको हो।

बैशाखमै हुनुपर्ने रथारोहण लामो समय लकडाउन भएपछि करिब १५ दिन अघिमात्रै रथ निमार्ण कार्य शुरु गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको बैठकको निर्णयलाई आधार मानेर रथारोहणमा रोक लगाइएको गुठी संस्थानले जानकारी दिएको छ।

गुठी संस्थानले सल्लाह नगरी रथारोहण कार्य रोक्ने निर्णय गरेको भन्दै ललितपुरका जातीय समाजले विरोध गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.