काठमाडौं, असार २३ः मंगलबार नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टा भित्र देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय ४ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत उक्त विवरणको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
मंगलबार मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने ६ सय ८८ जना रहेका छन् । हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९९ जना रहेका छन्।