मनोवैज्ञानिक तनावका कारण देशमागम्भीर मानसिक संकट

रिपोर्ट नेपाल | 2020 Jul 06 | 08:57 am 1768

काठमाडौं, असार २२ः यही असार १० मा दुबईबाटआफ्नै थातथलो रोल्पा फर्केका ३१ वर्षीय युवकले गत वुधबार आत्महत्या गरे। रामदेव गाउँपालिका ५ का अभन सार्की एक्लै होम क्वारेन्टिनमा थिए । स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनमा भारतबाट फर्केर बसेकाहरुले बस्न नदिएपछि अभन होम क्वारेन्टिनमा थिए। आरडिटी परीक्षणले उनमा कोरोना नेगेटिभ देखाएको थियो।

यस्तै अछामको बयलपाटा अस्पतालकासफाइ कर्मचारी सिद्धार्थ आउजीले जागिर गुमेपछि जेठ २६ मा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे। कोहलपुरको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो। उनी कार्यरत अस्पतालले वित्तीय संकट परेको भन्दै सिद्धार्थसहित ३२ जनालाई जागिरबाट निकालेको थियो।

कोरोना संक्रमण महामारी सुरुभएयताका साढे ३ महिनाका यी प्रतिनिधि घटना हुन। यो महाव्याधिका कारण दैनिकजसो हुने मृत्यु, सयौंको संख्यामासंक्रमितको बढोत्तरी, सामाजिक दूरी, आइसोलेसन र मनोवैज्ञानिक तनावका कारण देशमागम्भीर मानसिक स्वास्थ्य संकटको संकेत देखिएको छ।

सबै जिल्लाका सहरदेखि दुर्गम क्षेत्रसम्म पुगेको यो संक्रमणका कारण आममानिसमा निराशा र डर बढेकोछ। भाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिनमा हालसम्म आठजनाको मृत्यु भइसकेकोछ।तीमध्ये चारजनाले आत्महत्याको बाटो रोजेका थिए।

चैत ११ मा राष्ट्रव्यापी लकडाउन सुरु भएयता असार १७ गतेसम्ममा १ हजार १ सय ५ जनाले आत्महत्या गरेको तथ्यांक नेपाल प्रहरीसँग छ। यसमा सबैभन्दा बढी प्रदेश ५ मा २ सय ५२, प्रदेश १ मा १ सय ८६, प्रदेश ३ मा १ सय ६२, प्रदेश २ मा १ सय ५२, गण्डकी प्रदेशमा १ सय २१, सुदूरपश्चिम प्रदेशमा १ सय १५ जना छन्। यस अवधिमा काठमाडौं उपत्यकामा मात्रै ६९ जनाले आत्महत्या गरे। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.