बाजुरा, असार २०ः गएराति जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर १० मा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आठ वर्षका दिपेश बोहरा रहेका छन् । सोही चट्याङमा परी ५५ वर्षका सौरे बोहरा घाइते छन् ।
उनीहरू भैंसीगोठ रहेको ठाउँमा खर्कमा बसिरहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।