एपीएफ टोलीद्वारा पटका बरामद

रिपोर्ट नेपाल | 2020 Jul 04 | 05:33 pm 3780

सर्लाही, असार २०ः जिल्लाको मलंगवा नगरपालिका ५ भाडसरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब पाँच लाख रुपैयाँ बराबरको पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले उक्त पटका बरामद गरेको हो ।

उक्त पटका टाउँकोमा बोकेर भारतबाट नेपालतर्फ आउँदै गरेका केही व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै उल्लेखित पटका सोही ठाउँमा छाडी फरार भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.