ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jul 03 | 12:50 pm 2752

कञ्चनपुर, असार १९ः शुक्रबार खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय लोकेनसिंह ठकुरी रहेका छन् ।

उनलाई ट्याङ्करले पुनर्वास नगरपालिकास्थित कालिका स्वास्थ्यचौकी नजिकै ठक्कर दिँएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

खानेपानी बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार ठकुरीलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

घटनापछि आक्रोशित स्थानीयवासीले पानी ढुवानी गर्ने दुईवटा ट्याङ्करमा आगजनीसमेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.