कैलाली, असार १८ः सर्पको टोकाइबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया सम्पतुदेवी राना रहेकी छन् ।
प्रहरीका अनुसार आफ्नै घरको कोठामा बुधवार साँझ करिब ६ बजे सर्पले डस्दा उनको मृत्यु भएको हो ।
उनलाई समयमै अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।