एपीएफ टोलीद्वारा लागूऔषध बरामद

रिपोर्ट नेपाल | 2020 Jul 01 | 08:53 pm 1555

सर्लाही, असार १७ः जिल्लाको ब्रह्मपुरी गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले एक सय ८० बोतल डाईलेक्स डीसी नामक लागूऔषध बरामद गरेको
छ ।

वेवारिसे अवस्थामा रहेको उल्लेखित लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको चल्ला बरामद

पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब चार लाख २० हजार रुपैयाँ बराबरको ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा बेस बलिनगरबाट खटिएको एपीएफ टोलीले उक्त चल्ला बरामद गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.