सांसद छन्त्यालको निधन

रिपोर्ट नेपाल | 2020 Jul 01 | 11:38 am 1903

काठमाडौं, असार १७ः नेपाली कांग्रेस बाग्लुङकी महाधिवेशन प्रतिनिधि एवम् संघिय सांसद ज्ञानकुमारी छन्त्यालको ६७ वर्षको उमेरमा निधन भएको छ ।

विगत केही समयदेखि मुटुरोगबाट पीडित छन्त्यालको असार ७ गते आइतबार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा अप्रेशन भएको थियो ।

लकडाउन अगाडि भारतमा लैजान तयारी भए पनि लकडाउनका कारण लैजान नपाएका कारण काठमाडौंमा अप्रेशन गरिएको महाधिवेशन प्रतिनिधि कृष्ण केसीले जानकारी दिए ।

बुधबार बिहान ८ बजे गंगालाल अस्पतालमा छन्त्यालको निधन भएको थियो । उनको शवलाई १२ वजे छन्त्याल भवन लगेर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ भने दिउँसो साढे एक बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

उक्त रुद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहने छ ।

छन्त्याल २०७० को संविधान सभा निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी थिइन् भने हाल संघिय संसद समानुपातिक सांसद हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.