- महेश सिंह
सिरहा, असार १६ः राहत अभियान्ता जोडी महेश र संगीताले लकडाउन प्रभावित परिवारलाई निरन्तर रासन सहयोग गर्दै आएका छन् ।

अभियान्ता जोडीको देश व्यापीरुपमा चर्चामा रहेको छ। सरकारले गर्न नसक्ने काम यि जोडीले गरेकोले समाजमा धन्यवादको पात्र बनेका छन् । लहान नगरपालिका भित्र रहेका बिपन्न परिवारहरुलाई सहयोग गर्दै आएका छन् ।

त्यसैगरी सोमबार लहान नगरपालिका वडा नं १३ र २४ का १ सय जना गर्भवती महिलाहरूलाई आप, दही र चिउरा खुवाएका छन् ।
धान दिवस परेको अबसर पारेर दलित गर्भवती महिलाहरुलाई शक्ति प्राप्त होस भन्ने धारणले धान दिबसको दिन पारेर खुवाएका थिए। साथै, उनीहरुले पनि धान रोपाइँ गरेर रमाइलो गरेका थिए ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस खेतमा काम गरी दही चिउरा खाएर मनाइएका थिए ।
२०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।