सुरक्षामा खटिएका प्रहरी हवल्दारले आफैंमाथि गोली हानेपछि…

| 2020 Jun 30 | 03:25 pm 2737

सुनसरी, असार १६ः सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले आफैंमाथि गोली हानेका छन् । गोली प्रहारबाट गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको सुरक्षामा खटिएका नेपाल प्रहरी हवल्दार ३५ वर्षीय ओमप्रकाश खतिवडा रहेका छन् ।

उनले जिल्ला अदालत सुरसरी परिसरमै आफ्नो कञ्चटमा गोली हानेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार साँझ करिब साढे ७ बजे अदालतको छतमा आफैंलाई गोली हानेका खतिवडालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

उनको राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

उनले आफूलाई गोली किन हानेको हो भन्ने कारण अनुसन्धान भइरहेको थापाले बताए ।

खतिवडा घर बिदाबाट केही दिन अघि मात्र काममा फर्किएका थिए । उनको घर मोरङको उर्लाबारीको दुर्गापुरीमा पर्छ । अस्पतालबाट परिवारले शव बुझेर लगेको प्रहरी उपरीक्षक थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.