सुर्खेत, असार १५ः गएराति देखि परेको पानीका कारण बावियाचौर स्थित रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो गएर क्षति पुगेको छ।
पहिरोमा परी एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षकी नन्दा पुलामी रहेकी छन् ।
त्यस्तै, उक्त जलविद्युत् आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन्। डम्मर र नन्दा पतिपत्नी हुन्। उनीहरु दुबै जना पावर हाउस गृहमा बस्दै आएका थिए।
घाइते डम्मर पुलामीको अवस्था सामान्य रहेको छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जलविद्युत आयोजनाका अध्यक्ष जीवन ढुंगानाले जानकारी दिए।
आयोजनाका अध्यक्ष ढुंगानाले पहिरोले आयोजनामा गृह ठूलो क्षति पुर्याएको जानकारी दिए।
५३ किलोवाट विद्युत उत्पादन भइरहेको यो आयोजनाबाट भावरसहित पञ्चपुरी नगरपालिकाका झन्डै एक हजार दुई सय परिवार लाभान्वित रहेका छन्।