अवैध रुपमा राखेको बुद्धचित्तको मालासहित एक जना पक्राउ

| 2020 Jun 28 | 07:51 pm 2118

काठमाडौं, असार १४ः अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिना रहेका छन् ।

उनलाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्‍ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान गरी उक्त परिमाणको बुद्धचित्तको माला र बुद्धचित्त फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.