निजी विद्यालय र सरकारबीच वार्ता हुने

| 2020 Jun 28 | 03:04 pm 1646

काठमाडौं, असार १४ः सरकार र निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनबीच तनाब बढ्न थालेपछ सरकारले वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले दुई निकायलाई वार्तामा बोलाएका हुन् । मन्त्रालयका सह सचिव काप्री र केही अधिकारीले वार्ताको विषयमा कसैलाई जानकारी दिएका छैनन् ।

आइतबार ४ बजेदेखि हुने भनिएको वार्तामा सिफ्ट गरी विद्यालय सञ्चालन गर्ने, वक्यौता उठाउने, नयाँ भर्ना लिन प्रकृया शुरु गर्ने लगायतका विषयमा छलफल हुने भएको बुझिएको छ ।

छलफल पछि प्याब्सन र एन प्याब्सनले थप रणनीति बनाउनेछन् । केही ठूला विद्यालयका कारण शुल्क र नयाँ भर्ना गर्ने विषयमा सरकारसँग तनाव भएपछि सरकारले विद्यालय सञ्चालकलाई वार्तामा बोलाएको हो ।

वार्तामा प्याब्सन, एन प्याब्सन र मन्त्रालयका अधिकारीको सहभागिता हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.