अवैध जडिबुटीसहित धादिङमा चार जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 28 | 02:54 pm 2067

धादिङ, असार १४ः निलकण्ठ नगरपालिका १२ दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ गाउँदै गरेको बा ५ ख ६१८० नम्बरको मिनि ट्रकमा लुकाई छिपाई ल्याएको जडीबुटीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त मिनि ट्रकका चालक रुविभ्याली गाउँपालिका १ का पेम्बा तामाङ, सोही ठाउँ बस्ने ट्रकका सह–चालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेका छन् ।

उक्त ट्रकबाट प्रहरीले अवैध रुपमा ल्याएको जडिबुटी जटामसी ३ सय १० किलो ७७ ग्राम, निरमसी २ किलो १ सय ५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सागुम्बा १ किलो ८ ग्राम बरामद गरेको जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा उक्त मिनि ट्रकमा जडिबुटीहरु लुकाई छिपाई ल्याउँदै गरेको भन्ने खबर प्राप्त भएपछि ड्युटीमा खटिएका प्रहरीले उक्त ट्रक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको जडीबुटीहरु फेला पारी ट्रकमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ व्यक्तिहरुलाई बरामद जडीबुटी सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.