बुटवल, असार १४ः आइतबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्रमा ढुंगा खसेर बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।
अबिरल बर्षाका कारण तिनाउ गाउँपालिका वडा नं ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडकमाथिको भीरबाट ठूला–ठूला ढुंगा खस्दा सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधनको आवागमन ठप्प भएको बताइएको छ ।
उक्त अवरुद्ध सडक खुलाउन डोजर पठाइ पनि वर्षा नरोकिएका कारण ढुंगाहरु पन्छाउने काम हुन नसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वर्षा रोकिएपछि ढुंगा हटाइने भएकाले सडक खुल्न हुन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।