मिनिट्रकमा लोड गरी ल्याएको सालको काठसहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 27 | 08:05 pm 1422

धादिङ, असार १३ः अवैध रुपमा सालको काठ मिनीट्रकमा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निलकण्ठ नगरपालिका वडा नं १२ आपस्वाँरा का २९ वर्षीय टिकाराम श्रेष्ठ र ३१ वर्षीय राजु श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई निलकण्ठ नगरपालिका वडा नं १२ दामगाडे स्थितमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गएराती पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बा ३ ख ८७०३ नम्बरको स्वराज मिनी ट्रक धादिङवेसी तर्फ आउदै गरेको अवस्थामा रोकी चेकजाँच गर्दा ट्रकमा लोड गरी ल्याएको अवैध साल जातको काठ ३७.८४ क्यु फिट सानो र ठुलो गरी २५ वटा फेला पारी उक्त काठ र गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.